पोखरा : मार्सल लगाएर विनियोजन विधेयक पास गराइएपछि एमाले सांसदहरुले सदन छाडेका छन् । सभामुखले एक्लै सदन चलाएको र आफूहरुले सदन छाडिदिएको एमाले सांसद धनञ्जय दवाडीले बताउनुभयो ।
गण्डकी प्रदेश सभामा मार्सल लगाएर विनियोजन विधेयक पास गराइएको छ । सभामुखले विनियोजन विधेयक प्रस्तुत गर्न मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई समय दिएपछि प्रतिपक्षी सांसदहरु आक्रोशति बनेका थिए । प्रतिपक्षी एमालेका सांसदलाई मार्सल लगाएर रोकिएको थियो ।