काठमाडाै : नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले प्रधानमन्त्री शेरबहादुर देउवालाई हतारमा मन्त्रीहरू नछान्न र सबै मन्त्रालयले आफैँले मात्र नराख्न सुझाव दिनुभएकाे छ । अहिलेको गठबन्धनलाई बचाउन र त्यहीअनुसार गठबन्धन र पार्टीमा सन्तुलन कायम गर्न सिटौलाको सुझाव छ ।
‘मन्त्रालयको बाँडफाँट गरेर गठबन्धन र आफ्नो पार्टीभित्र कसरी सन्तुलन काम राख्ने, सबै साथीहरूको भावनालाई कसरी समेट्ने सोच्नुपर्छ’ सिटौला भन्नुहुन्छ, ‘यी सबै कुरा बुझेर नहतारिकन समयमा निर्णय लिने कुशलता प्रधानमन्त्रीमा चाहिन्छ ।’
नेपाली काँग्रेसले प्रधानमन्त्री पाउनु नै ठूलो कुरा भएकाले अहिले देउवालाई मन्त्रीका लागि ‘प्रेसर’ गर्न नहुने सिटौलाले काँग्रेसका अन्य नेताहरूलाई पनि सुझाव दिनुभयाे ।