तनहुँ : चितवनमा वेवारिसे अवस्थाबाट तनहँुको बन्दीपुरकी एक युवतीको उद्धार गरिएको छ । १७ वर्षीया मनु विकलाई प्रहरीले भरतपुर महानगरपालिकास्थित पोखरा बसपार्कबाट उद्धार गरेको हो ।
लामो समयदेखि सडकमा वेवारिसे अवस्थामा रहेकी ती युवतीलाई प्रहरीले उद्धार गरी संरक्षणका लागि माइती नेपाल भरतपुर शाखाको जिम्मा लगाएको छ ।
यसैगरी प्रहरीले चौबिसकोठीबाट उद्धार गरिएका भारत बेतिया घर बताउने १३ वर्षीय विकी विशाललाई पनि माइती नेपालको जिम्मा लगाएको छ ।