काठमाडौ:प्रतिनिधि सभाको अधिवेशन साउन ३ गते बोलाउन सरकारले सिफारिस गरेको छ। आज सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले साउन ३ गते अपरान्ह ४ बजे प्रतिनिधि सभा र राष्ट्रिय सभाको अधिवेशन बोलाउन सिफारिस गरेको सरकारका प्रवकता एवं कानुन मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।
सरकारको सिफारिसमा राष्ट्रपतिले संसदको अधिवेशन बोलाउने प्रचलन छ। सोमबार प्रतिनिधि सभा पुनर्स्थापना गर्दै सर्वोच्च अदालतले सात दिन भित्र प्रतिनिधि सभा अधिवेशन बोलाउन भनेको थियो।