दमाैली : हराएको चार दिनपछि एक युवाको शव मादी नदीमा फेला परेको छ । गत असार २९ गतेदेखि हराएका भानु नगरपालिका–१३ का २४ वर्षीय गोपाल गुरुङ नदीमा मृत अवस्थामा फेला परेका हुन् ।
निजको शव व्यास नगरपालिका–७ दुलेपानीस्थित मादी नदीमा भेटिएको थियो । स्थानीयवासीले शव देखेपछि प्रहरीलाई खबर गरिएको थियो । मृतकको शव आइतबार सनाखत गरेर परिवारलाई बुझाएर अन्त्येष्टि गरिएको जिल्ला समन्वय समिति तनहुँका सदस्य एवं प्रवक्ता गलबहादुर गुरुङले जानकारी दिए । “हिजो शवगृहमा गएर हेरेपछि उसले लगाएको टिसर्ट र कोठीको दागबाट सनाखत भयो, हिजो नै सबै प्रकृया पूरा गरेर अन्त्येष्टि गरिसकिएको छ,” गुरुङले भने ।