कक्षा १२ को परीक्षा कहिले ? यस्तो छ तयारी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    कक्षा १२ को परीक्षा कहिले ? यस्तो छ तयारी

    खबरपुञ्ज संवाददाता

    ३ श्रावण २०७८, सोमबार

    काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले भौतिक उपस्थितिमा कक्षा १२ को परीक्षा गराउने तयारी गरेको छ ।  कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले परीक्षा सञ्चालन गर्न अनुमति दिने भएपछि बोर्डले भौतिक उपस्थितिमा यही साउनको चौथो हप्तामा कक्षा १२ को परीक्षा गराउने तयारी गरेको हो । 

    सीसीएमसीले परीक्षा सञ्चालन गर्न अनुमति दिएको पत्र आएपछि औपचारिक रुपमा साउनको चौथो हप्ता परीक्षा गर्ने गरी परीक्षा केन्द्र, मिति तोक्ने र तालिका सार्वजनिक गर्ने तयारी बोर्डले थालेको छ । 

    करीब तीन लाख ८६ हजार विद्यार्थी कक्षा १२ को परीक्षाका लागि प्रतिक्षारत छन् । यसअघि गत जेठ २६ गते कक्षा १२ को परीक्षा गर्ने कार्यतालिका सार्वजनिक गरिएको थियो । तर, कोरोना संक्रमण नियन्त्रण तथा रोकथामका लागि निषेधाज्ञा जारी गरिएपछि स्थगित गरिएको थियो ।