तनहुँ २ (क) मा प्रदेश सरकारका ७१ योजना
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    तनहुँ २ (क) मा प्रदेश सरकारका ७१ योजना

    खबरपुञ्ज संवाददाता

    ४ श्रावण २०७८, मंगलवार

    दुलेगौँडा : गण्डकी प्रदेश सरकारबाट चालु आर्थिक वर्ष २०७८/७९ मा तनहुँ २ (क) मा ७१ योजना परेको छ । मोटरेवल पुल, झोलुङ्गे पुल, कजवेका १० योजना, सडकका १२ योजना, खानेपानीका ३१ र भवन, पार्क र खेलमैदानका ११ योजना परेको छ ।

    प्रदेशसभा सदस्य आशा कोइरालाले सामाजिक सञ्जाल फेसबुक मार्फत सार्वजनिक गरेको सूचीमा मोटरेवल पुल, झोलुङ्गे पुल, कजवेका लागि ९ करोड २७ लाख ५० हजार रुपैयाँ बजेट विनियोजन भएको छ ।

    सडक निर्माण तथा स्तरोन्नतिका लागि ८ करोड २१ लाख रुपैयाँको योजना परेको छ । उक्त बजेटबाट १२ सडकको काम हुनेछ । दुलेगौडा हर्कपुर मोटर मार्गको स्तरोन्नतीका लागि मात्रै ४ करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको छ ।

    काेइरालाले सार्वजनिक गरेको योजनाहरु मध्ये सिँचाईका लागि ७ करोड १३ लाख रुपैयाँ, खानेपानीका लागि ४ करोड ५ लाख ६० हजार रुपैयाँ र भवन, खेलमैदान र पार्कका लागि १ करोड २ लाख रुपैयाँ विनियोजन भएको छ ।

    जनता आवास कार्यक्रम अन्तर्गत सम्झैता भएर निर्माण भईरहेको १ सय ५६ घरका लागि १ करोड ५७ लाख रुपैयाँ विनियोजन भएको काेइरालाले जानकारी दिइन् ।

    शुक्लागण्डकी नगरपालिका – ५ बेलचौतारामा निर्माणधिन कृषि उपज संकलन केन्द्रका लागि ५० लाख रुपैयाँ, शुक्लागण्डकी नगरपालिका– ८ ढोरफिर्दीमा निर्माणधिन कोल्ड स्टोरका लागि ५० लाख रुपैयाँ र शुक्लागण्डकी स्याटेलाईट सिटी निर्माणमा ५० लाख रुपैयाँ बजेट विनियोजन भएको काेइरालाले जानकारी दिइन् ।