अकला मन्दिरमा भक्तजनले चढाएको मूर्ति चोरी, कुकुरसहितको टोलीबाट अनुसन्धान शुरु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    अकला मन्दिरमा भक्तजनले चढाएको मूर्ति चोरी, कुकुरसहितको टोलीबाट अनुसन्धान शुरु

    खबरपुञ्ज संवाददाता

    ४ श्रावण २०७८, मंगलवार

    म्याग्दे : तनहुँको म्याग्दे-६ स्थित अकला मन्दिरको मूर्ति चोरी भएको छ । मन्दिरमा भक्तजनले चढाएका मूर्ति गएराति चोरी भएको हो । मन्दिरको मूख्य मूर्ति भने सुरक्षित रहेको प्रहरीले जनाएको छ ।

    जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक युवराज तिमिल्सनाले मुख्यमूर्ति सुरक्षित रहेको र भक्तजनले चढाएका ३/४ वटा मूर्ति चोरी भएको जानकारी दिए । “यसबारेमा प्रहरीलाई आज बिहान जानकारी प्राप्त भयो, अनुसन्धान शुरु भइसकेको छ,” उनले भने । प्रहरीले पोखराबाट तालिमप्राप्त कुकुर झिकाएर अनुसन्धान थालेको छ ।

    प्रहरीका अनुसार भक्तजनले प्रदान गरेको कालिकाको मूर्ति, गणेशको मूर्ति, संख, तरबार लगायत चोरी भएको छ।