यी हुन् पूर्वमन्त्री चुमानको क्षेत्रमा सञ्चालन हुने योजना (सूची सहित)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    यी हुन् पूर्वमन्त्री चुमानको क्षेत्रमा सञ्चालन हुने योजना (सूची सहित)

    खबरपुञ्ज संवाददाता

    ४ श्रावण २०७८, मंगलवार

    तनहुँ : पूर्वमन्त्री एवं गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर चुमानको निर्वाचन क्षेत्रमा प्रदेश सरकारमार्फत् विभिन्न योजना सञ्चालन हुने भएको छ । तनहुँ क्षेत्र नम्बर १ (ख) अन्तर्गत बन्दीपुर, आँबुखैरेनी र देवघाट गाउँपालिकामा प्रदेश सरकारमार्फत् विभिन्न योजनाका लागि रकम विनियोजन भएको छ । प्रदेश सरकारमार्फत् सडक पुल, खानेपानी, मोटरमार्ग, खानेपानी, सिचाइँ लगायतका योजनामा रकम विनियोजन भएको चुमानको सचिवालयले जनाएको छ ।

    आँबुखैरेनी–छिम्केश्वरी हिलेखर्क बाहुनभञ्ज्याङ (छिम्केश्वरी पर्यटन मार्ग) का लागि रु ६ करोड २५ हजार, दासढुङ्गा देउपुर मार्ग (देवघाट गाउँपालिका केन्द्र जोड्ने) का लागि रु ६ करोड, सेतीनदी सडकपुल ङ्नाल्दीघाटका लागि रु तीन करोड, सेती नदी सडकपुल मास्दीघाटका लागि रु एक करोड ८७ लाख ५० हजार, बुद्धसिं मार्गका लागि रु एक करोड, बुद्धसिं मार्ग लाङ्दीखोला सडकपुलका लागि रु ५० लाख, शालिग्राम करिडोरको बञ्चरेभीर सडक स्तरोन्नतिका लागि रु ५० लाख, ढकालटार चक्रपथका लागि रु ४० लाख, खहरेखोला सडक पुलका लागि रु ४० लाख विनियोजन भएको छ ।

    व्यास १ र १३ जोड्ने छाब्दीखोला मोटरेवल पुलका लागि रु ३० लाख, बेलघारी छाब्दीमार्गका लागि रु ३० लाख, समस्तीपुर यानचोक झोलुङ्गेपुलका रु ३० लाख, हिलेखर्क खौली प्युघर मार्गका लागि रु २५ लाख, जालभञ्ज्याङ सडक स्तरोन्नतिका लागि रु २० लाख, गोहोरो लोही कल्चोक सडकका लागि रु २० लाख, पार्लङ झोलुङ्गेपुलका लागि रु १५ लाख, तल्लो डुम्रेबाट भानु जोड्ने चुँदीखोला मोटरपुलका लागि रु दश लाख, व्यास १, १२ र १३ जोड्ने भड्खाला छाब्दीखोला मोटरपुलका लागि रु दश लाख, निर्मलनगर टोलभित्रको बाटो पक्की नाला निर्माणका लागि रु दश लाख, कालीमाटी गोहीटार भुवनटार मार्गका लागि रु दश लाख, पृथ्वीराजमार्ग मुसेखोला हुँदै भदु्रडाँडा चारकुने ठुलोगाउँ, निर्मलनगर हुँदै छाब्दी दोभान जोड्ने मार्गका लागि रु दश लाख, आबुखैरेनी १ हँुदै बन्दीपुर ५ झारगाउँ मोटरमार्गका लागि रु सात लाख, लाब्दी घुमाउने मोटरमार्गका लागि रु सात लाख, बेनीकोट सुन्तलामार्गका लागि रु पाँच लाख र खुदिखोले कटसेरह पक्कीपुलका लागि रु ३० लाख विनियोजन भएको छ ।

    खानेपानीतर्फ विमलनगर चिसोडिहीका लागि रु ५५ लाख, कुवादीखोलाका लागि रु ५० लाख, छाब्दी दोभान बोरिङ लिफ्ट भञ्ज्याङका लागि रु ४५ लाख, आँधीमूल सत्रसयफाँटका लागि रु ४० लाख, कालीखोला बरादी खानेपानीका लागि रु ४० लाख, भुडाटारका लागि रु ३५ लाख, देवघाट ४ कोटा १,३,५,६ का लागि ३५ लाख, मिलनचोक जरेबरका लागि रु ३० लाख, डुडेबासपानी, बसेनी, काफलस्वारा खानेपानी आयोजनाका लागि रु ३० लाख, चिलाउनेपानी खानेपानी आयोजनाका लागि रु २५ लाख, रामकोट लिफ्ट खानेपानीका लागि रु २५ लाख विनियोजन भएको छ ।

    त्यसैगरी कोटबैदी खानेपानी आयोजनाका लागि रु २० लाख, कोटधाम सोलार लिफ्टका लागि रु २० लाख, हुस्लाकोट खानेपानीका लागि रु २० लाख, केउरानी मजुवाडाँडा (लिफ्टीङ्ग) का लागि रु १५ लाख, लुङ्गेली खानेपानीका लागि रु १५ लाख, आधीमुल खानेपानीका लागि रु १२ लाख, लाब्दीखोलाका लागि रु दश लाख, नयाँपुल डिपबोरिङ खानेपानीका लागि रु दश लाख, थुम्कीडाँडाका लागि रु दश लाख, पोखरीभज्याङ चापखोला कमेरे खानेपानीका लागि रु आठ लाख, कुवादीखोला वृहत खानेपानीका लागि रु आठ लाख, बद्रीनारायण मन्दिर खानेपानी योजनाका लागि रु पाँच लाख, दूधेपानी आसिस गैरा लिफ्ट योजनाका लागि रु पाँच लाख, मार्कीचोक खानेपानीका लागि रु पाँच लाख, हिलेखर्क खानेपानीका लागि रु पाँच लाख, फुस्रेपानी लिफ्टका लागि रु पाँच लाख, सारघाट खानेपानीका लागि रु पाँच लाख, देउरानी पहरेपानीका लागि रु चार लाख, बेलौतीगैरा खानेपानीका लागि रु चार लाख, पार्चे खानेपानीका लागि रु दुई लाख, सिमलटार खानेपानीका लागि रु दुई लाख विनियोजन भएको छ ।

    सिचाइँतर्फ बेसारघारी सिचाइँ आयोजनाका लागि रु ८० लाख, कोलपाटा लिफ्ट सिचाइँ योजनाका लागि रु ३० लाख, झप्रीफाँट सिचाइँका लागि रु २५ लाख, आपटार सिचाइँका लागि रु २५ लख, कालिकाटार सिचाइँका लागि रु २० लाख, छाब्दीफाँट एकीकृत सिचाइँ योजनाका लागि रु २० लाख, पचपन्ने सिचाइँ योजनाका लागि रु १५ लाख र आँधीमूल सत्रसयफाँट सिचाइँ योजनाका लागि रु पाँच लाख विनियोजन गरिएको छ ।

    भवन, मन्दिरतर्फ मनकामना आमा समूहको भवनका लागि रु १५ लाख, शुभ लाङ्घाली आमा समूहको निर्माणाधीन भवनका लागि रु दश लाख, सिर्जना दलित वर्ग महिला उत्थान समूहको भवनका लागि रु १२ लाख, ज्येष्ठ नागरिक आश्रमको स्तरोन्नतिका लागि रु दश लाख, सिर्जनशील टोल भवन निर्माणका लागि रु सात लाख, खड्गदेवी आमा समूह भवन मर्मतका लागि रु पाँच लाख, रानीथान मन्दिर गुरुयोजना निर्माणका लागि रु पाँच लाख, विश्वकर्मा सामुदायिक भवनका लागि रु पाँच लाख विनियोजन गरिएको छ ।

    सशर्त, विशेष र समपुरकतर्फ साउने फुस्रेपनी कर्ताप मोटरमार्गका लागि रु एक करोड, भुमर्से बोरिङ खानेपानीका लागि रु ५० लाख, बाङ्गेसिमल खानेपानी योजनाका लागि रु ५० लाख, लिफ्टिङ प्रणाली सिचाइँका लागि रु ५० लाख र लिफ्टिङ प्रणाली सिचाइँ योजनाका लागि रु ५० लाख विनियोजन भएको छ ।