प्रहरी उपरीक्षकलाई उद्योग वाणिज्य संघको स्वागत
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    प्रहरी उपरीक्षकलाई उद्योग वाणिज्य संघको स्वागत

    खबरपुञ्ज संवाददाता

    ५ श्रावण २०७८, मंगलवार

    दमाैली : तनहुँ उद्योग वाणिज्य संघले हालै सरुवा भई आएका प्रहरी उपरिक्षक दिनेशराज मैनालीलाई स्वागत गरेको छ । मंगलबार एक कार्यक्रमको आयोजना गरी संघले प्रहरी उपरिक्षक मैनालीलाई स्वागत गरेको हो ।

    सो क्रममा प्रहरी उपरिक्षक मैनालीले व्यवसायीसँग सहकार्य गर्दै अगाडी बढ्ने प्रतिबद्धता व्यक्त गरे । उनले सरकारले लागु गरेको नीति नियममा रही व्यवसाय सञ्चालन गरेमा प्रहरीले सदैव साथ दिने उल्लेख गरे ।

    संघका अध्यक्ष पविन्द्रकुमार श्रेष्ठले प्रहरी उपरीक्षकको सफल कार्यकालको शुभकामना दिनुका साथै विश्वभर फैलिएको कोभिड भाइरसका कारण उद्योगी व्यवसायीहरु धारासायी बनेको बताए । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य देवकुमार श्रेष्ठ, नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेश सदस्य एवं संघका पूर्व अध्यक्ष मंगलप्रसाद श्रेष्ठ, पूर्व अध्यक्ष शंकरलाल राजभण्डारी, प्रथम उपाध्यक्ष ईमकुमार मल्ल, द्धितीय उपाध्यक्ष कुमार मल्ल, महासचिव सुबोध अधिकारी, कोषाध्यक्ष दिनेशकुमार श्रेष्ठ, दमौली बजार इकाई सभापति भूपाल आले, महिला उद्यमी विकास समिति सभापति शकुन्तला आले लगायतले प्रहरी उपरिक्षक मैनालीको कार्यकाल सफलताको शुभकामना व्यक्त गरे ।