सामाजिक दूरी सहित नुरी हन्फी जामे मस्जिदमा नमाज
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    सामाजिक दूरी सहित नुरी हन्फी जामे मस्जिदमा नमाज

    खबरपुञ्ज संवाददाता

    ५ श्रावण २०७८, बुधबार

    दमौली : मुस्लिम धर्मालम्बीको महान् पर्व बकर इदको अवसरमा दमौलीस्थित नुरी हन्फी जामे मस्जिदमा सामूहिक नमाज पढिएको छ । कोरोना जोखिम कायमै रहेकाले सामाजिक दूरी सहित मस्जिदमा नमाज पढिएको हो ।

    दमौली अन्जुमन कमिटीका सचिव मन्सुर अहमदले नमाज पढेपछि सबै मुस्लिम धर्मालम्बीले घर-घरमै चाड मनाउने तयारीमा रहेको जानकारी दिनुभयो ।

    बकर इद पर्व रमजान अर्थात् इदुलफित्र पछिको दोस्रो ठूलो चाड हो । रमजान पर्वको ७० औँ दिनमा मनाउने यो पर्वमा आर्थिकरुपमा सबल मानिस हज गर्न साउदी अरबको मक्का मदिना जाने गर्छन् । यस पर्वमा अल्लालाई खुशी पार्न मुसलमानले धर्मले जायज मानेका जनावरलाई कुर्बानी (बली) दिने गर्दछन् ।

    धार्मिक मान्यताअनुसार अल्लाका नवी(दूत) इब्राहिम अलि सलामले ९० वर्षको उमेरमा पत्नी हाजराबाट प्राप्त गरेको सन्तान छोरा इस्माईललाई कुर्बानी गर्नुपर्ने आदेशलाई पालना गर्दा अल्लाह प्रशन्न भएर इस्माईलको कुर्बानी नभएर स्वर्ग(जनन्त) मा पालिएका दुम्बाको कुर्बानी भएको धार्मिक मान्यतालाई अहिलेसम्म कुर्बानी गर्ने प्रचलनलाई कायम राखेको पाइएको छ ।