दमौली : व्यास नगरपालिकामा भोलिदेखि कोभिड विरुद्धको जोन्सन एण्ड जोन्सन खोप लगाइने भएको छ । अमेरिकी सरकारले अनुदानमा दिएको यो खोप व्यास नगरपालिकामा पनि लगाउन लागिएको हो ।
नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले सबै वडाका स्वास्थ्य केन्द्रबाट खोप लगाइने जानकारी दिए । मागभन्दा आधाले मात्रै खोप पाउनेछन् । ५० देखि ५४ उमेर समूह, क र ख वर्गका अपाङ्गता भएका व्यक्ति, स्वास्थ्यकर्मी र सरसफाईकर्मीले खोप पाउनेछन् । “माग त ६ हजार भन्दा बढी छ, त्यसको आधा मात्रै खोप आएको छ,” उनले भने ।