महेश बस्नेतले भने – किसान श्रेष्ठसँगको सम्बन्ध राजनीतिक हो, सति जाने जस्तो होइन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    महेश बस्नेतले भने – किसान श्रेष्ठसँगको सम्बन्ध राजनीतिक हो, सति जाने जस्तो होइन

    खबरपुञ्ज संवाददाता

    ५ श्रावण २०७८, बुधबार

    तनहुँ : नेकपा एमालेका नेता महेश बस्नेतले तनहुँ क्षेत्र नम्बर १ का प्रतिनिेधि सभा सदस्य कृष्णकुमार श्रेष्ठ (किसान) सँगको सम्बन्ध राजनीतिक मात्रै भएको बताएका छन् ।

    काङ्ग्रेस सभापति शेरबहादुर देउवालाई विश्वासको मत दिएर केपी ओली क्याम्प परिवर्तन गरेका श्रेष्ठले बस्नेत पनि आफूहरुकै समूहमा आउने बताइरहेका बेला बस्नेतको प्रतिक्रिया आएको हो ।

    बुधबार राति सामाजिक सञ्जाल फेसबुक मार्फत् बस्नेतले भने, “पौराणिककालको श्रीमान श्रीमती जस्तो मृत्युमा सति जाने जस्तो सम्बन्ध होइन ।”

    श्रेष्ठले केपी ओली समूहका धेरै नेता माधव नेपाल समूहमा आउने बताउँदै त्यसमा बस्नेत पनि रहेको उल्लेख गरेका थिए ।