दमौली: लियो कलब अफ तनहुँले व्यास १० स्थित रहेको उज्यालो घरका बालबालिकालाई वर्षभरि पुग्ने शैक्षिक साम्रगी सहयोग गरेको छ । बिहीबार व्यास- १० बैरेनीमा रहेको उज्यालो घरमा एक कार्यक्रम गरि उक्त शैक्षिक सामग्री उज्यालो घरका बालबालिकालाई हस्तान्तरण गरिएको क्लबका अध्यक्ष सुनिल मिश्रले जानकारी दिए ।
बालबालिकालाई शैक्षिक सामग्री हस्तान्तरण गर्दै लायन्स क्लब अफ तनहुँका अध्यक्ष कृष्णहरि गैह्रेले बालबालिकाको उज्यालो भविष्यका लागि क्लवले गरेको सहयोग सराहनीय रहेको बताए । उनले भविष्यका कर्णधार रहेका बालबालिकाको पठनपाठनमा यस सहयोगले ठूलो टेवा पुग्ने बताए ।
उज्यालो घरमा हाल ८ जना बालबालिका छ्न । उनीहरु सोही ठाउँको चण्डीदेवी माविमा अध्यनरत रहेको उज्यालो घरका अध्यक्ष सागर घिमिरेले जानकारी दिए।