एलायन्स क्लव अफ तनहुँद्वारा बाेटे समुदायलाई खाद्यान्न वितरण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    एलायन्स क्लव अफ तनहुँद्वारा बाेटे समुदायलाई खाद्यान्न वितरण

    खबरपुञ्ज संवाददाता

    ६ श्रावण २०७८, बिहीबार

    दमाैली : एलायन्स क्लव अफ तनहुँले व्यास नगरपालिका–१० का बोटे समुदायका ६० घरधुरीलाई खाद्यान्न वितरण सम्पन्न गरेको छ । राष्ट्रिय एकीकृत विकास संघ निडाको सहयोगमा एलायन्स क्लव अफ तनहुँले उक्त खाद्यान्न सामग्री वितरण गरेको हो ।

    एलायन्स क्लव अफ तनहुँका अध्यक्ष सुदिप पौडेल र व्यास नगरपालिका–१० का वडाअध्यक्ष तुलसीराम सापकोटाले एक कार्यक्रमका बिच उक्त खाद्यान्न सामग्री वोटे समुदायलाई हस्तान्तरण गरेका छन् ।

    कार्यक्रममा वडाअध्यक्ष सापकोटाले कोराना र बाढीपहिरोका कारण बोटे समुदायमा बिहान बेलुका हातमुख जोड्न नै समस्या भइरहेको अवस्थामा एलायस क्लवले खाद्यान्न वितरण गरेकामा आभार व्यक्त गरे ।

    कार्यक्रममा एलायन्स क्लव अफ तनुहँका सल्लाहकार मदन तिमल्सेना, राष्ट्रिय एकीकृत विकास संघ प्रतिनिधि सोममाया गुरुङ्ग, स्थानीय युवा शेरबहादुर बोटे, क्लवका जनसम्पर्क अधिकृत अमरराज नहर्की, क्लवका प्रथम उपाध्यक्ष विनय राउत, कोषाध्यक्ष अजित पन्थ लगायतले बोलेका थिए ।

    व्यास १० को बैरेनीमा रहेको तल्लो बोटेटार र दुम्सीमा रहेको माथिल्लो बोटेगाँउका करिब ६० घरपरिवारलाई प्रत्येक घरधुरी अनुसार एक बोरा चामल, दाल नुन, तेल, जिरा, चिनी, साबुन लगाएतका खाद्यान्न सामग्री वितरण गरिएको क्लवका द्वितीय उपाध्यक्ष रोशन शर्माले जानकारी दिए । क्लवका सचिव अमित कैनीले आगामी दिनमा अपाङ्गगता भएका व्यक्तिहरुको पहिचान गरि घरदैलोमै पुगी खाद्यान्न वितरण गरिने जानकारी दिए ।