पाेखरा : नेपाली लोक संस्कृतिका अनुसन्धानकर्ता एवं साहित्यकार तुलसी प्रभासले “नेपाली खेली गीतमा रस विधान” शीर्षकमा विद्यावारिधी (पिएचडी) सम्पन्न गरेका छन् । लामो समयको साधना र शोध निर्देशक गुरुहरुको निर्देशनबाट यो उपाधि सम्भव भएको प्रभासले जानकारी दिए ।
उनले शोधका शिलशिलामा विभिन्न स्थानमा स्रोत सामग्री उपलब्ध गराउने गायक गायिका लगायत सहयोग गर्ने सबैप्रति धन्यवाद ज्ञापन गरेका छन् । “यसबाट अनुसन्धानका क्षेत्रमा अझै सशक्त रुपमा अघि बढ्ने प्रेरणा मिलेको छ,” उनले भने ।
गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका करीब ९ जिल्लालाई अनुसन्धान क्षेत्र बनाएर उनले लामो समय अनुसन्धान गरेका हुन् । नेपाली समाजमा लोप हुन लागेका खेली गीतलाई आजका नयाँ कलाकारले रोइला भनेको प्रति प्रभासको आपत्ति छ । उनी भन्छन्, “यी गीत रोइला होइनन्, खेली हुन् । यो कुरा अनुसन्धानले पनि पुष्टि गरेको छ ।”