दमौली : व्यास-२ निवासी साहित्यकार अर्जुन अधिकारीले एक महिना एक हप्ता बापतको भाडा छुट दिएका छन् । अधिकारीले तनहुँ ससेज कर्नरलाई एक महिना एक हप्ता बापतको भाडा छुट दिएका हुन् ।
कोरोना कहरका कारण निषेधाज्ञा जारी हुँदा होटल बन्द भएर व्यवसायी मारमा परेकाले अधिकारीले भाडा छुट दिएका हुन् । तनहुँमा गत वैशाख २२ गतेदेखि निषेधाज्ञा जारी गरिएको थियो । वैशाखको बॉकी अवधि र जेठ महिनाको भाडा छुट दिएको तनहुँ ससेज कर्नरकी सञ्चालिका बन्दना पुलामी मगरले बताइन् । “कोरोना कहरका कारण व्यवसाय धारासायी हुँदा भाडा छुटले राहत मिलेको छ,” उनले भनिन् ।