काङ्ग्रेस महाधिवेशन : बन्दिपुरमा को-को छन् आकाङ्क्षी ?
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • बन्दीपुर

    काङ्ग्रेस महाधिवेशन : बन्दिपुरमा को-को छन् आकाङ्क्षी ?

    खबरपुञ्ज संवाददाता

    ७ श्रावण २०७८, शुक्रबार

    बन्दीपुर : नेपाली काँग्रेस बन्दिपुर गाउँ कार्य समितिको सभापतिमा ८ जना आकाङ्क्षी देखिएका छन् । सभापतिका लागि वर्तमान सभापति कर्णबहादुर खत्री, बैशबहादुर गुरुङ , राजु बानियाँ , श्याम श्रेष्ठ , विपिन गुरुङ , गणेश बहादुर गुरुङ , किशन प्रधान र वीरेन गुरुङ आकाङ्क्षी देखिएका हुन् ।

    त्यसैगरी वडा सभापतिहरूमा पनि अहिले सम्म सर्वसम्मत हुन सकेको छैन् । वडा नं. १ मा देवेन्द्र खनाल र रुद्रनिधि नैनावस्तीले सभापतिमा ईच्छा देखाएका छन् भने वडा नं. २ का लागि नारायण खड्का , गोकर्ण बानिया र ध्रुब केसीको प्रतिस्पर्धा हुने देखिएको छ । वडा नं ३ मा कुलबहादुर अधिकारी , पदम गुरुङ , हरिप्रसाद भट्टराई र नारायण दत्त भट्टराईबीच प्रतिस्पर्धा हुने देखिएको छ । वडा नं. ४ मा शिशिर थापा मगर, रामचन्द्र भण्डारी , बुद्धि बहादुर गुरुङ र चित्रबहादुर थापाले ईच्छा देखाएका छन् भने वडा नं. ५ मा रिता तिवारी , अच्युत घिमिरे, बरुण भट्टराई , सुरज श्रेष्ठ ( मदन ) र कृष्ण गुरुङले सभापतिका लागि उम्मेदवारी घोषणा गरेका छन् । त्यस्तै वडा नं ६ मा खुराकजंग गुरुङ र बुद्धि गुरुङ आकाङ्क्षी छन् ।