युनियन लाइफद्वारा बीमा दावी रकम हस्तान्तरण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    युनियन लाइफद्वारा बीमा दावी रकम हस्तान्तरण

    खबरपुञ्ज संवाददाता

    ९ श्रावण २०७८, आईतवार

    तनहुँ : युनियन लाईफ इन्स्योरेन्स कम्पनीले मृतकको परिवारलाई बीमा बापतको दाबी रकम हस्तान्तरण गरेको छ । मध्यनेपाल –६का धुव्रराज पौडेललाई कम्पनीले बीमा बापतको रकम हस्तान्तरण गरेको हो ।

    भोर्लेटार शाखा प्रमुख भुवनकृष्ण जोशीले सो दावी बापतको रु ५ लाख ५० हजार ५ सयको चेक प्रदान गरे । उक्त शाखाबाट बीमित गुणराज पौडेलले ३ वर्ष अघि बीमा गरेकामा गत वैशाखमा उनको हृदयघातका कारण निधन भएको थियो ।

    चेक प्रदान गर्दै भोर्लेटार शाखा प्रमूख जोशीले हकवला पौडेललाई सो रकम सही सदुपयोगको लागि आग्रह गरे ।