नेयमार र बार्सिलोना क्लबबीचको विवाद पूर्ण रूपमा समाधान
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    नेयमार र बार्सिलोना क्लबबीचको विवाद पूर्ण रूपमा समाधान

    खबरपुञ्ज संवाददाता

    ११ श्रावण २०७८, मंगलवार

    एजेन्सी : ब्राजिलका खेलाडी नेयमार र स्पेनिस क्लब बार्सिलोनाबीचको विवाद पूर्ण रूपमा समाधान भएको छ । चार वर्ष क्याप नोउ बसेका नेयमारसँग सबै विवादको समाधान भएको बार्सिलोनाले जनाएको छ । 

    नेयमारले सन् २०१३ देखि २०१७ सम्म गरी चार सिजन बिताएका थिए । त्यसपछि उनी विश्व कीर्तिमान ट्रान्सफर रकम दुई सय २२ मिलियन यूरोमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) मा अनुबन्ध भएका थिए । 

    तर, नेयमारले भने पूरा तलब नदिएको र सम्झौताको रकम बाँकी भएको भन्दै बार्सिलोनाविरुद्ध अदालती कारवाही गर्ने दवाव दिँदै आएका थिए । 

    बार्सिलोनाले नेयमारले १६ दशमलव सात मिलियन यूरो तिर्न बाँकी रहेको जनाएको थियो भने नेयमारले पूर्वक्लबबाट ४७ दशमलव दुई मिलियन यूरो लिन बाँकी रहेको जनाएका थिए । 

    सोही विषयलाई लिएर अदालत जाने चेतावनी दिइरहेका नेयमारसँग बार्सिलोनाले विवाद मिलाएको स्पेनिस मिडिया मार्काले जनाएको छ । 

    खबरका अनुसार बार्सिलोनाका वकिलले नेयमारसँग कुरा गरेर अहिले सबै समाधान गरेको बताएका हुन् ।