म्याग्दे : विवेकशील साझा पार्टी म्याग्दे गाउँपालिका समिति घोषणा गरिएको छ । मंगलबार आयोजित भेलाले विश्वराज अछामीको संयोजकत्वमा २६ सदस्यीय समिति घोषणा गरेको हो । समितिको सहसंयोजकमा सुवास घिमिरे चयन भएका छन् ।
कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य एवं उद्यमशील विभाग प्रमुख आशुतोष प्रधान, गण्डकी प्रदेश उप–संयोजक जमुना शर्मा, केन्द्रीय सदस्य रजनी केसी, सुशीला केसी अधिकारी, कास्की जिल्ला संयोजक फणिन्द्र अधिकारी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
विवेकशील साझाका जिल्ला संयोजक सागर घिमिरेले पार्टीको संगठन विस्तार अभियानलाई तीव्र पारिएको बताए ।