रगतको सङ्कट टार्ने प्रयास, लायन्स क्लव म्याग्देले सङ्कलन गर्यो १५९ पिन्ट
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • म्याग्दे

    रगतको सङ्कट टार्ने प्रयास, लायन्स क्लव म्याग्देले सङ्कलन गर्यो १५९ पिन्ट

    खबरपुञ्ज संवाददाता

    १५ श्रावण २०७८, शनिबार

    म्याग्दे : कोभिड–१९ को जोखिमका कारण आजभोलि विगतमा जस्तो रक्तदानका कार्यक्रम हुँदैनन् । रक्तदानका कार्यक्रम हुन छाडेपछि अस्पतालमा उपचाररत बिरामीलाई रगत प्राप्त गर्न अप्ठ्यारो भइरहेको छ । नियमित डायलासिस गराउने मिर्गौला पीडितलाई त झन् दैनिक रुपमा रगतको आवश्यकता पर्छ ।

    सङ्कटको घडीमा रगतको अभाव टार्ने प्रयास स्वरुप लायन्स क्लव अफ तनहुँ म्याग्देले आज रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । म्याग्दे गाउँपालिका–३ धयरेमा आयोजित रक्तदान कार्यक्रममा एक सय ५९ पिन्ट रगत सङ्कलन भएको क्लवका संस्थापक अध्यक्ष भिमलाल श्रेष्ठले जानकारी दिए । “रगतको अभावमा कसैले पनि ज्यान गुमाउन नपरोस् भन्ने हेतुले आयोजित रक्तदानमा सर्वसाधारणको उल्लेख्य सहभागिता रह्यो,” उनले भने ।

    May be an image of 5 people, including Maya Rana and Lion Bhimlal Shrestha Newar, people sitting, people standing and indoor

    रक्तदान कार्यक्रमको उद्घाटन गर्दै म्याग्दे गाउँपालिकाकी अध्यक्ष मायादेवी रानाले सामाजिक काममा लायन्सले आफ्नो बेग्लै पहिचान बनाएकाले त्यसलाई कायम राख्न सुझाव दिनुभयो । क्लवका अध्यक्ष सुरेन्द्र अधिकारीको अध्यषतामा सम्पन्न कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरे, क्लवका चिफ एडभाइजर सुचित्रा थापा, ब्लड चिफ महेश पौडेल, रिजन चियर पर्सन प्रदिप थापा, जिएलटि कोर्डिनेटर सुजित हिराचन लगायतले बोलेका थिए ।

    No description available.