प्रदेश प्रमुख गुरुङलाई डुम्रेमा काङ्गग्रेसकाे स्वागत
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • बन्दीपुर

    प्रदेश प्रमुख गुरुङलाई डुम्रेमा काङ्गग्रेसकाे स्वागत

    खबरपुञ्ज संवाददाता

    १७ श्रावण २०७८, सोमबार

    तनहुँ : गण्डकी प्रदेश नवनियुुक्त प्रमुख पृथ्वीमान गुरुङलाई नेपाली काङ्ग्रेसले बन्दीपुरको डुम्रेमा स्वागत गरेको छ । पोखरा जाने क्रममा प्रदेश प्रमुख गुरुङलाई नेपाली काङ्ग्रेस तनहुँ क्षेत्र नं १ (ख) ले साेमबार स्वागत एवं सम्मान गरेको हो ।

    सो क्रममा प्रदेश प्रमुख गुरुङले नेपाल सरकारले आफूलाई योग्य सम्झेर अवसर दिएको हुँदा आफ्नो जिम्मेवारी इमान्दारिताका साथ पूरा गर्ने बताउनुभयो । आफू काङ्ग्रेसको प्रतिनिधि भए पनि अब जनताको प्रतिनिधि भएकाले जनताकै चाहना अनुसारको जिम्मेवारी वहन गर्ने उहाँले बताउनुभयो ।

    नेपाली काङ्ग्रेस महासमिति सदस्य रामचन्द्र अधिकारीले एक सच्चा, इमान्दार र कर्तव्यनिष्ठ व्यक्तिलाई प्रदेश प्रमुखमा पाउनु सौभाग्यको कुरा भएको बताउनुभयो । काङ्ग्रेस महाधिवेशन प्रतिनिधि मानकाजी श्रेष्ठ, वडासभापति सुबोध अधिकारी, महिला नेतृ सरिता पिया लगायतले प्रदेश प्रमुख गुरुङको कार्यकालमा गण्डकी प्रदेशमा उत्कृष्ट कार्य गर्नका लागि शुभकामना व्यक्त गर्नुभएको थियो ।