दमौली: तनहुँको म्याग्दे गाउँपालिकाकी अध्यक्ष मायादेवी राना गण्डकी प्रदेशको विकास समस्या समाधान समितिमा नियुक्त भएकी छन् । गण्डकी प्रदेश सरकारको साउन १८ को निर्णय अनुसार राना उक्त समितिको सदस्यमा नियुक्त भएकी हुन् ।
प्रदेशको समग्र विकासमा आइपर्ने समस्या समाधानका लागि उक्त समितिले काम गर्नेछ । यो समितिको अध्यक्ष मुख्यमन्त्री रहनेछन् ।