देवघाटमा पूर्वाधार निर्माणमा सहयोग गर्न मुख्यमन्त्री पोखरेलसँग आग्रह
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    देवघाटमा पूर्वाधार निर्माणमा सहयोग गर्न मुख्यमन्त्री पोखरेलसँग आग्रह

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    तनहुँ : देवघाट क्षेत्र विकास समितिले तनहुँ र नवलपुर क्षेत्रमा पूर्वाधार निर्मांणका लागि बजेट सहयोग गर्न गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसँग आग्रह गरेको छ ।

    समितिका अध्यक्ष बद्रीनाथ अधिकारीले सोमबार मुख्यमन्त्री पोखरेलसँग भेट गरी तनहुँ र नवलपुर क्षेत्रमा मठमन्दिर, बाटो, खानेपानी, शौचालय लगायतका योजना निर्माण र मर्मतका लागि बजेट सहयोग गरिदिन आग्रह गरेका हुन् ।

    मुख्यमन्त्री पोखरेलले देवघाटधामको विकासका लागि प्रदेश सरकारको सदैव सहयोग रहने प्रतिबद्धता व्यक्त गरे ।

    यसअघि अधिकारीले बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई भेटी देवघाटको चितवनतर्फ विकास निर्माणका योजना सञ्चालनका लागि बजेटको प्रबन्ध गर्न आग्रह गरेका थिए ।

    तनहुँ, नवलपुर र चितवनको सङ्गमस्थलमा पर्ने देवघाट हिन्दुहरुको पवित्र धार्मिक तीर्थस्थल हो । यस क्षेत्रमा गण्डकी र बागमती प्रदेश सरकारको बजेटमा विभिन्न योजना निर्माण भइरहेको छ ।