माग्दे : तनहुँको म्याग्दे गाउँपालिका र रुकुम पूर्वको सिस्ने गाउँपालिकाका जनप्रतिनिधिबीच अनुभव साटासाट गरिएको छ । अध्ययन भ्रमणका सिलसिलामा आएका सिस्नेका जनप्रतिनिधि र म्याग्देका जनप्रतिनिधिबीच सोमबार अनुभव साटासाट भएको हो ।
सो क्रममा म्याग्देकी अध्यक्ष मायादेवी रानाले समग्र गाउँपालिकाको विकास निर्माणका बारेमा जानकारी गराएकी थिइन् । जनप्रतिनिधि र कर्मचारीको सहकार्यले पालिकालाई समृद्ध बनाउन सकिने उनको भनाई थियो ।
सिस्ने गाउँपालिकाकी अध्यक्ष कुमारी गौतम बरालले आफ्ना पालिकामा भएका कामका बारेमा जानकारी गराएकी थिइन् । सोक्रममा सिस्ने गापाका उपाध्यक्ष गोबर्धन बूढा, म्याग्देकी कार्यपालिका सदस्य बद्रीका घिमिरे, योजना शाखा प्रमुख श्रीराम खनाल, उद्योग शाखा प्रमुख प्रदीप न्यौपाने लगायत सहभागी थिए ।