मेसीले किन रोजे नम्बर जर्सी ३० ?
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    मेसीले किन रोजे नम्बर जर्सी ३० ?

    खबरपुञ्ज संवाददाता

    २६ श्रावण २०७८, बुधबार

    एजेन्सी: लियोनल मेसीले पेरिस सेन्ट जर्मेन (पीएसजी) मा ३० नम्बरको जर्सी लगाउने छन् । पीएसजीमा अनुबन्धित भएपछि यी अर्जेन्टिनी खेलाडीले यही नम्बरको जर्सी रोजे । मेसीले फ्रान्सेली क्लबसँग दुई वर्षको अनुबन्ध गरेका छन् । त्यसमा एक वर्ष थप गर्न सकिनेछ ।

    बार्सिलोना छँदा मेसीले एक दशक जति समय १० नम्बरको जर्सी लगाए । पीएसजी आउने निश्चित भएपछि उनका ब्राजिली साथी खेलाडी नेयमारले उनलाई १० नम्बरको जर्सी दिने प्रस्ताव पनि राखेका थिए । तर ३४ वर्षीय मेसीले त्यसलाई स्वीकारेनन् । त्यसको स्थानमा उनले ३० नम्बर जर्सी नै रोजे । यो त्यही नम्बरको जर्सी हो, जुन मेसीले बार्सिलोनाबाट पहिलो खेल्दा लगाएका थिए ।

    फ्रान्समा अधिकांश समय ३० नम्बरको जर्सी तेस्रो रोजाइका गोलरक्षकले लगाउने गर्छन् । पीएसजीले उनलाई १९ नम्बर जर्सीको पनि प्रस्ताव राखेको थियो । मेसीले केही समय यही नम्बरको जर्सी लगाएर पनि बार्सिलोनाबाट खेले ।

    यो बार्सिलोना छँदा उनको दोस्रो नम्बरको जर्सी थियो । तर अहिले पीएसजीबाट खेल्दा उनी ३० नम्बरकै जर्सीमा देखिनेछन् । पीएसजीमा आबद्ध भएपछि मेसीले भनेका छन्, ‘आफ्नो खेल जीवनको नयाँ अध्यायका लागि म निकै खुसी छु ।’