मोवाइल खोज्दै, बुझाउँदै डुम्रे प्रहरी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • बन्दीपुर

    मोवाइल खोज्दै, बुझाउँदै डुम्रे प्रहरी

    खबरपुञ्ज संवाददाता

    २७ श्रावण २०७८, बिहीबार

    डुम्रे : इलाका प्रहरी कार्यालय भानु मुकाम डुम्रेले सर्वसाधारणको हराएको मोवाइल खोज्दै बुझाउन थालेको छ । मोवाइल हराएको निवेदन आएपछि प्रहरीले सम्बन्धित व्यक्तिलाई मोवाइल बुझाएको हो ।

    प्रहरी निरीक्षक प्रकाश भुषालका अनुसार कार्यालयले गत आर्थिक वर्ष २०७७/०७८ मा १० वटा मोवाइल खोजतलास गरि बुझाएको छ भने अहिलेको साउन महिनामा मात्रै ४ वटा मोवाइल फेला परी हस्तान्तरण गरेको छ ।

    करिब ४० हजार पर्ने मोवाइल करिब तीन महिनामा फेला परेपछि भानु-१ का कृष्ण प्रसाद सापकोटा खुशी भएका छन् । उनले भने, “हराएको मोवाइल पाउने आशै थिएन, प्रहरीले खोजी गरेर दिनुभएकामा अत्यन्तै खुशी छ र प्रहरी युनिटलाई धन्यवाद दिन चाहन्छु ।”