बन्दिपुर : जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले बन्दिपुर गाउँपालिकालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छन् । वाग्लेले शुक्रबार गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापालाई विभिन्न सामग्री हस्तान्तरण गरेका हुन् ।
कोभिड-१९ नियन्त्रणका लागि गाउँपालिकालाई ५० थान पिपिई, १० प्याकेट ग्लोव्स, ५०० थान मास्क, ५ थान पुन:प्रयोग गर्न मिल्ने पिपिई, ५ प्याकेट फेशसिल्ड र ३८ थान एन९५ मास्क प्रदान गरिएको छ ।
प्राप्त सामग्रीले कोभिड-१९ न्यूनीकरणका लागि सहयोग पुग्ने भन्दै गाउँपालिकाका अध्यक्ष थापाले वाग्लेप्रति आभार व्यक्त गरे । सो अवसरमा समन्वय समितिका उपप्रमुख पवित्रा पौडेल, गाउँपालिकाका उपाध्यक्ष करुणा गुरुङ, प्रमुख प्रशासकीय अधिकृत महेश सुवेदी लगायत उपस्थित थिए ।