एजेन्सी: गएरातिबाट स्पेनिस ला लिगाको खेल सुरु भएको छ । नयाँ सिजनको उद्घाटन खेल भ्यालेन्सिया र गेटाफेबीच भयो । लिगको पहिलो खेलमा भ्यालेन्सियाले १–० को जित निकालेको छ ।
भ्यालेन्सियाको घरेलु मैदान मेस्टालामा भएको खेलमा दुवै टोलीका खेलाडीले रेड कार्ड पाएका थिए । भ्यालेन्सिया खेलको सुरुबाटै १० खेलाडी सीमित भएको थियो । तेस्रो मिनेटमा मिडफिल्डर हुगो गुइल्लामोनले रातो कार्ड पाएका थिए ।
१० खेलाडी सीमित भएको केही सयमपछि नै भ्यालेन्सियाले पेनाल्टीको अवसर पायो । ११औँ मिनेटमा पेनाल्टीमार्फत कार्लाेस सोलरले गोल भ्यालेन्सियालाई अग्रता दिलाएका थिए ।
खेलको ७६औँ मिनेटमा गेटाफेका डिफेन्डर इरिक काबाकोले रातो कार्ड पाएपछि दुवै टोलीका १०–१० खेलाडी मात्रै मैदानमा भए ।
पेनाल्टीमार्फत गरेको गोलले नै भ्यालेन्सियालाई जित दिलायो ।
ला लिगामा शनिबार राति ३ खेल हुँदैछन् ।