एजेन्सी : अर्जेन्टिनाका दिग्गज फूटबल खेलाडी लियोनल मेसी बार्सिलोना क्लब छोडेर पेरिस सेन्ट जर्मेन गएपछि पेरिसमा बस्न थालेका छन् ।
पेरिसमा अहिले उनी परिवारसँग समय बिताइरहेका छन् । उनी पत्नी एन्टोनेला र तीन सन्तानसँगै पेरिसको ल रोयल मोन्सेउ होटलमा बसेका छन् ।
उक्त होटलमा एक रातका लागि २८ लाख रुपैयाँ तिर्नुपर्छ । यस फाइभ स्टार होटलमा भव्य स्विमिङ पूल र सिनेमाघर छ । यो निकै शानदार र भीआईपी स्थानमा छ ।
सन् २०१७ मा पीएसजी आएका नेयमार पनि यस होटलमा बसेका थिए ।
मेसीले पीएसजीसँग दुई वर्षको सम्झौता गरेका छन् । त्यसलाई थप्ने विकल्प पनि उनीसँग छ । मेसीले पीएसजीमा वर्षको लगभग पाँच अर्ब रुपैयाँ कमाउनेछन् ।