मेस्सीले रिम्सविरुद्ध खेल्दै फ्रेन्च लिगमा डेब्यु गर्ने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    मेस्सीले रिम्सविरुद्ध खेल्दै फ्रेन्च लिगमा डेब्यु गर्ने

    खबरपुञ्ज संवाददाता

    ३२ श्रावण २०७८, मंगलवार

    एजेन्सी : पेरिस सेन्ट जर्मेन (पीएसजी) का फरवार्ड लियोनल मेस्सीले रिम्सविरुद्ध खेल्दै फ्रेन्च लिग वानमा डेब्यु गर्ने भएका छन् । पीएसजीले आगामी अगस्ट २९ मा रिम्ससँग उसैको मैदानमा खेल्नेछ । त्यस खेलबाट मेस्सीले डेब्यु गर्ने स्काई स्पोर्ट्सले जनाएको छ ।

    अर्जेन्टिनाका कप्तान मेस्सीलाई पीएसजीले फ्री ट्रान्सफरमा अनुबन्ध गरेको हो । 

    बार्सिलोनासँग सम्झौता नवीकरण गर्न असफल भएपछि पीएसजीमा आबद्द भएका हुन् ।

    ३४ वर्षीय मेस्सीले पीएसजीसँग दुई वर्षको सम्झौता गरेका छन् ।

    तर, ६ पटकको बालोन डी ओर विजेता मेस्सीले डेब्यु गर्ने मौका पाएका छैनन् ।

    मेस्सी अनुबन्ध भएपछि पीएसजीले एक खेल खेलेको छ । पीएसजीले दुई खेलमा लगातार जित निकालेको छ ।

    मेस्सीले पीएसजीको टिमबाट मात्र तीन पटक प्रशिक्षण गरेको बताईएको छ ।उनको फिटनेसमा समस्या देखिएको बताईएको छ ।

    मेस्सीले प्रि-सिजनको तयारी समेत गर्न पाएका थिएनन् ।कोपा अमेरिकाको उपाधि जितेपछि मेस्सी केहि समय छुट्टीमा बसेका थिए ।