एजेन्सी : ‘टिस्यू पेपर’ सस्तो वस्तु हो । तर, फुटबल खेलाडी लियोनेल मेस्सीले बार्सिलोनाबाट बिदाइ हुँदा आँसु पुछेको टिस्यू पेपरको मूल्य भने धेरै नै महँगो भएको छ ।
कम्प्टी स्पोर्ट्स डटकमका अनुसार मेसीले आँसु पुछेको टिस्यू पेपर त्यसबेला एक व्यक्तिले टिपेका थिए । र, अहिले त्यो पेपर लिलामीमा राखिएको छ ।
लिलामीमा त्यो टिस्यू पेपरको मूल्य १० लाख डलर तोकिएको छ । हालसालै अन्तर्राष्ट्रिय लिलामी वेबसाइट मेइकेदौमा राखिएको टिस्यू पेपरको मूल्य १० लाख डलर भनी उल्लेख गरिएको छ । अहिलेको सटही दरमा यसको नेपाली मूल्य ११ करोडभन्दा धेरै हुन्छ ।