म्याग्दे : म्याग्दे गाउँपालिका अन्तरगतका २७५ व्यवसायीलाई कोरोना विरुद्धको एष्ट्राजेनेका खोप लगाइएको छ । म्याग्दे गाउँपालिकाले उद्योग वाणिज्य सङ्घ थर्पुको समन्वयमा व्यवसायीलाई खोप लगाएको हो ।
थर्पु आधारभूत स्वास्थ्य केन्द्रमा व्यवसायीलाई शुक्रबार खोप लगाइएको थर्पु इकाईले जनाएको छ ।
उद्योग वाणिज्य सङ्घले व्यवसायीलाई खोपमा प्राथमिकता दिन माग गर्दै आएको थियो ।