कालिका लघुवित्तको प्रवन्ध संचालकमा प्रधान
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आर्थिक

    कालिका लघुवित्तको प्रवन्ध संचालकमा प्रधान

    खबरपुञ्ज संवाददाता

    ७ भाद्र २०७८, सोमबार

    पोखरा : पोखराको बुद्धचोकमा केन्द्रीय कार्यालय रहेको कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रवन्ध संचालकमा केशवनारायण प्रधान नियुक्त भएका छन ।

    ३ दशक बैङ्किङ क्षेत्रको अनुभव सँगालेका प्रधान राष्ट्रिय वाणिज्य बैंकको प्रवन्धक पदबाट सेवा निबृत्त हुन् । हालै सम्पन्न कालिका लघुवित्तको संचालक समितिको बैठकले प्रधानलाई प्रवन्ध संचालकमा नियुक्त गरेको हो ।

    सँस्थाको हालको निक्षेप १ अरब १६ करोड, कर्जा तर्फ ३ अरब र गत आर्थिक बर्षको नाफा ५ करोड ५२ लाख रहेकोमा यस आर्थिक बर्षमा वृद्धि निक्षेप १ अरब ६९ करोड, कर्जा तर्फ ४ अरब २७ करोड र खुद नाफा ९ करोड ५३ लाख पुर्याउने लक्ष रहेको प्रधानले बताए ।

    यस अघि कालिका लघुवित्तमै वरिष्ठ प्रवन्धकको रुपमा कार्य गरेका प्रधान २०७८ बैशाख ७ गते सम्पन्न संस्थाको वार्षिक साधारण सभाबाट सर्वसाधारण शेयरधनीहरुको प्रतिनिधित्व गर्दै संचालक पदमा निर्वाचित भएका थिए ।