बन्दिपुरका विपन्न ५८ परिवारलाई खाद्यान्न
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • बन्दीपुर

    बन्दिपुरका विपन्न ५८ परिवारलाई खाद्यान्न

    खबरपुञ्ज संवाददाता

    ७ भाद्र २०७८, सोमबार

    बन्दिपुर : बन्दिपुर गाउँपालिकाका चेपाङ, भुजेल र गुरुङ परिवारलाई खाद्यान्न वितरण गरिएको छ । असल छिमेकी नेपाल पोखराको सहयोगमा विपन्न परिवार छनौट गरी सोमबार खाद्यान्न वितरण गरिएको हो ।

    बन्दिपुर-१,२ र ३ का ५८ परिवारलाई गाउँपालिकाका उपाध्यक्ष करुणा गुरुङ, प्रमुख प्रशासकीय अधिकृत महेश सुवेदीको रोहवरमा खाद्यान्न वितरन गरिएको हो ।

    ती परिवारलाई प्रति परिवार २५ केजी चामल, दाल, तेल, नून लगायतका सामग्री सहयोग गरिएको छ ।

    सर्वाधिकार सुरक्षित नोट : यस अनलाइनमा सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘खबरपुञ्ज डटकम’बाट प्रेषित समाचार बिनाअनुमति प्रयाेग नगर्न सूचित गराइन्छ ।