वाइसिएल म्याग्देको अध्यक्षमा राजन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • म्याग्दे

    वाइसिएल म्याग्देको अध्यक्षमा राजन

    खबरपुञ्ज संवाददाता

    ७ भाद्र २०७८, मंगलवार

    म्याग्दे : नेकपा माओवादी केन्द्रको युवा सङ्गठन वाइसिएल म्याग्दे गाउँ कमिटीको अध्यक्षमा राजन विसी चयन भएका छन् । गाउँ कमिटीको मङ्गलबार सम्पन्न दोस्रो सम्मेलनबाट विसीको अध्यक्षतामा ४१ सदस्यीय कमिटी चयन भएको छ ।

    जसको उपाध्यक्षमा विनोद विक, नविन श्रेष्ठ, सचिवमा हर्क राना, सहसचिवमा साजन थापा, कोषाध्यक्षमा अमर राना चयन भएका छन् ।

    सम्मेलनलाई नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री आशा खनालले सम्बोधन गरेकी थिइन् । नेकपा माओवादी केन्द्र तनहुँ यतिबेला सङ्गठन सुदृढीकरण अभियानमा लागेको छ ।

    सर्वाधिकार सुरक्षित नोट : यस अनलाइनमा सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘खबरपुञ्ज डटकम’बाट प्रेषित समाचार बिनाअनुमति प्रयाेग नगर्न सूचित गराइन्छ ।