म्याग्देकी अध्यक्ष मायाले रक क्लाइम्बिङ गरेपछि…
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • म्याग्दे

    म्याग्देकी अध्यक्ष मायाले रक क्लाइम्बिङ गरेपछि…

    खबरपुञ्ज संवाददाता

    ९ भाद्र २०७८, बिहीबार

    बन्दिपुर : तनहुँको म्याग्दे गाउँपालिकाकी अध्यक्ष मायादेवी रानाले विमलगरमा रक क्लाइम्बिङ गरेकी छन् । पृथ्वीराजमार्ग सँगै रहेको बन्दिपुर गाउँपालिका–४ विमलनगरमा रानाले बिहीबार रक क्लाइम्बिङ गरेकी हुन् ।

    म्याग्दे गाउँपालिका–६ शेरामा रहेको चट्टानमा गाउँपालिकाले रक क्लाइम्बिङको योजना बनाएकाले त्यसैको बारेमा छलफल गर्न विमलनगर पुगेको बेला रानाले रक क्लाइम्बिङ गरेकी हुन् । “विमलगनरको रक क्लाइम्बिङ यस क्षेत्रकै चर्चित ठाउँ रहेको र कसरी रक क्लाइम्बिङ गर्न सकिन्छ भन्ने विषयमा छलफल गर्न आएका हौ,” उनले भनिन् ।

    विमलनगर रक क्लाइम्बिङका संस्थापक अध्यक्ष लालकाजी श्रेष्ठले शेराटारमा रक क्लाइम्बिङको सम्भावना रहेको बारेमा आफूलाई जानकारी गराएको भन्दै रानाले भनिन्, “पहिला एकचोटी विमलनगरमा हेर्न आउँछु है भनेकी थिएँ ।” साहसिक खेलको रुपमा रहेको रक क्लाइम्बिङ शेराटारमा पनि सञ्चालन गर्न सकिए यो आयआर्जनको स्रोत बन्ने रानाले बताइन् ।

    सर्वाधिकार सुरक्षित नोट : यस अनलाइनमा सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘खबरपुञ्ज डटकम’बाट प्रेषित समाचार बिनाअनुमति प्रयाेग नगर्न सूचित गराइन्छ ।