म्याग्दे–३ मा राष्ट्रिय युवा सङ्घ गठन, अध्यक्षमा सुन्दर
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • म्याग्दे

    म्याग्दे–३ मा राष्ट्रिय युवा सङ्घ गठन, अध्यक्षमा सुन्दर

    खबरपुञ्ज संवाददाता

    १० भाद्र २०७८, शुक्रबार

    म्याग्दे : तनहुँको म्याग्दे गाउँपालिका–३ मा राष्ट्रिय युवा सङ्घ गठन गरिएको छ । शुक्रबार आयोजित भेलाले सुन्दर थापाको अध्यक्षतामा युवा सङ्घको वडा कमिटी गठन गरेको हो ।

    जसको उपाध्यक्षमा विकास अधिकारी, सचिवमा अमर लामा, सहसचिवमा मनोजकुमार श्रेष्ठ र कोषाध्यक्षमा पानु श्रेष्ठ चयन भएका छन् । कमिटी एक सय तीन सदस्यीय बनाइएको छ ।

    भेलालाई नेकपा एमाले तनहुँका कार्यवाहक अध्यक्ष श्रीप्रसाद श्रेष्ठ, म्याग्दे गाउँपालिका इन्चार्ज रत्ना घिमिरे, म्याग्दे अध्यक्ष भिमबहादुर विक, युवा सङ्घका केन्द्रीय सदस्य शङ्कर रानाभाट, तनहुँका सहसंयाेजक सुरेन्द्र अधिकारी, युवा सङ्घ जिल्ला सचिवालय सदस्य सन्दिप रानाभाट लगायतले धारणा राखेका थिए ।