रोनाल्डो र म्यानचेस्टर युनाइटेडबीच २ वर्षको सम्झौता
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    रोनाल्डो र म्यानचेस्टर युनाइटेडबीच २ वर्षको सम्झौता

    खबरपुञ्ज संवाददाता

    १४ भाद्र २०७८, मंगलवार

    एजेन्सी : पोर्चुगिच फरवार्ड क्रिस्टियानो रोनाल्डो र इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडबीच  २ वर्षको सम्झौता भएको छ । 

    युनाइटेडले मंगलबार रोनाल्डोलाई २० मिलियन पाउन्डमा भित्र्याएको आधिकारिक जानकारी दिएको हो ।

    रोनाल्डो १२ वर्षपछि ओल्ड ट्राफोर्ड फर्किएका हुन् । सन् २००३ मा पोर्चुगिच क्लब स्पोर्टिङ सिपीबाट युनाइटेड आएका रोनाल्डो सन् २००९ मा स्पेनिस क्लब रियल मड्रिड पुगेका थिए । 

    सन् २०१८ मा रियलबाट इटालियन क्लब युभेन्टस पुगेका रोनाल्डो यही सिजन युनाइटेड फर्किएका हुन् । रोनाल्डो युनाइटेडमा अनुबन्ध हुनुभन्दा पहिला म्यानचेस्टर युनाइटेडमा जाने चर्चा थियो ।

    रोनाल्डोले युनाइटेडका लागि २९२ खेलमा ११८ गोल गरेका थिए ।