भारतविरूद्ध नेपालको सुरूआती अग्रता, अञ्जन विष्टले गरे गोल
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    भारतविरूद्ध नेपालको सुरूआती अग्रता, अञ्जन विष्टले गरे गोल

    खबरपुञ्ज संवाददाता

    १६ भाद्र २०७८, बिहीबार

    काठमाडौ : नेपाल र भारतबीच भइरहेको मैत्रीपूर्ण खेलमा नेपालले सुरूवाती अग्रता लिएको छ। नेपालका लागि अन्जन विष्टले ३६ औं मिनेटमा गोल गरेका हुन्।

    सिमित दर्शकको उपस्थितिमा भइरहेको खेलमा नेपाल सरकार र विश्व फुटबल महासङ्घ (फिफा)ले तोकेको सबै मापदण्ड पूरा गरेका दर्शकलाई मात्र मैदानमा प्रवेश गराइएको छ।

    नेपालसित मैत्रीपूर्ण खेल खेल्न भारतीय टोली सोमबार काठमाडौं आइपुगेको  थियो।

    मुख्य प्रशिक्षक इगोर स्टिमाकसहितको २५ सदस्यीय भारतीय टोलीले नेपालसित दुई मैत्रीपूर्ण खेल्नेछ।।

    नेपाल र भारतबीच दशरथ रंगशालामा छ वर्षपछि फुटबल हुन लागेको हो।

    भारतीय भूमीमा भने नेपाल र भारतबीच सन् २०१७ मा मुम्बईमा खेले भएको थियो। उक्त खेलमा नेपाल भारतसँग दुई शून्य गोलले पराजित भएको थियो ।

    नेपाल र भारतबीच हालसम्म १९ वटा खेलमा प्रतिस्पर्धा भएकामा भारतले १३ खेलमा जीत हासिल गरेको छ भने नेपाल दुई खेलमा मात्र विजयी भएको छ। दुवै देशले चार खेलमा बराबरी खेलेका थिए। भारतले नेपालको पोष्टमा ३३ गोल गरेको छ भने नेपालले भारतको पोष्टमा नौ गोल मात्र गर्न सकेको छ।

    फिफाको बरियातामा भारत १०५औँ तथा नेपाल १६८औँ स्थानमा रहेका छन्। (सेतोपाटी)