खहरे बस्ती जोगाउन वाइसिएलको श्रम शिविर (फाेटाे फिचर)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • बन्दीपुर

    खहरे बस्ती जोगाउन वाइसिएलको श्रम शिविर (फाेटाे फिचर)

    खबरपुञ्ज संवाददाता

    १६ भाद्र २०७८, बिहीबार

    बन्दिपुर : गत असार दोस्रो साता तनहुँको बन्दिपुर गाउँपालिका–२ खहरे खोलामा आएको बाढीले त्यहाँका १३ घर पूर्ण क्षति भयो । ९ घर आंशिक क्षति हुँदा २६ घर उच्च जोखिममा परे । हिउँदमा पानी सुक्ने खहरे खोलामा आएको बाढीले यहाँका स्थानीयवासीलाई घरवारविहिन बनायो ।

    सोही खहरेखोलाबाट बस्ती जोगाउन नेकपा माओवादी केन्द्रको युवा सङ्गठन वाइसिएल तनहुँले तटबन्धनका लागि बिहीबार श्रम शिविर सञ्चालन गरेको छ । खहरे खोलामा तटबन्धनका लागि वाइसिएलका कार्यकर्ता श्रमदानमा खटिएको वाइसिएल नेपालका केन्द्रीय सदस्य एवं तनहुँ अध्यक्ष इश्वर बस्यालले जानकारी दिए । उनका अनुसार श्रम शिविर शुक्रबारसम्म सञ्चालन हुनेछ ।

    No description available.
    No description available.

    उक्त श्रम शिविरको नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री हरिबहादुर चुमानले शुभारम्भ गरेका थिए । श्रमशिविरमा बन्दिपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापा, नेकपा माओवादी केन्द्र प्रदेश कमिटी सदस्य हेमराज लामिछाने लगायत सहभागी भएका थिए ।

    No description available.

    सर्वाधिकार सुरक्षित नोट : यस अनलाइनमा सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘खबरपुञ्ज डटकम’बाट प्रेषित समाचार बिनाअनुमति प्रयाेग नगर्न सूचित गराइन्छ ।