म्याग्दे : तनहुँको म्याग्दे गाउँपालिका-६ स्थित राष्ट्रिय युवा सङ्घको अध्यक्षमा सरोज श्रेष्ठ चयन भएका छन् । शनिबार भएको भेलाले श्रेष्ठको अध्यक्षतामा एक सय ५५ सदस्यीय कमिटी गठन गरेको हो ।
भेलाले सङ्घको उपाध्यक्षमा एकराज शाही, सचिवमा धनबहादुर थापा, सहसचिवमा दलबहादुर राना, कोषाध्यक्षमा डोलमाया नेपाली, सहकोषाध्यक्षमा कपिलराज ढकाललाई चयन गरेको छ ।
भेलामा नेकपा एमालेका कार्यवाहक अध्यक्ष श्रीप्रसाद श्रेष्ठ, म्याग्दे इन्चार्ज रत्नादेवी घिमिरे, पार्टी लेखा संयोजक हरिबहादुर थापा, म्याग्देका अध्यक्ष भिमबहादुर विक, अनेरास्ववियु अध्यक्ष नवीन वाग्ले, युवा सङ्घका केन्द्रीय सदस्य तीर्थराज खनाल, म्याग्दे-६ का वडाध्यक्ष बसन थापा, युवा सङ्घका सदस्य सन्दिप रानाभाट लगायतले मन्तव्य राखेका थिए ।