काठमाडौं : रोहित पौडेलको अविजित अर्धशतकप्रेरित नेपालले विश्व कप लिग-२ अन्तर्गत ट्राई नेसन ओडीआई सिरिजको पहिलो खेलमा अमेरिकालाई ५ विकेटले पराजित गरेको छ ।
ओमानको मस्कटस्थित अल अमेरत क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको अमेरिकाले २ सय ३० रनको योगफल तयार गरेको थियो । निर्धारित पूरा ५० ओभर खेलेको अमेरिकाले ९ विकेटको क्षतिमा सय २३० रन जोड्न सफल भएको थियो ।
दोस्रो इनिङमा २ सय ३१ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको नेपालले ४९ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि पहिलो विकेटका लागि ओपनरद्वय आशिफ शेख र कुशल भुर्तेलले ६६ रनको साझेदारी गर्दै राम्रो सुरुआत दिलाएका थिए ।
दोस्रो विकेटका लागि कप्तान ज्ञानेन्द्र मल्लसँग २७ रनको साझेदारी गर्दै अर्धशतक पूरा गरेका कुशलले ८४ रनको महत्त्वपूर्ण इनिङ खेलेका थिए । ओडीआईमा पहिलो अर्धशतक बनाएका कुशलले ९३ बलमा ३ चौका र ३ छक्कासहित ८४ रनको इनिङ खेलेका थिए ।
कप्तान ज्ञानेन्द्र १७ रन बनाएर पेभेलियन फर्केँसँगै क्रिजमा उत्रिएका रोहितले ६२ रनको अविजित अर्धशतकीय इनिङ खेले । नेपालका लागि ८७ बलको सामना गरेका कुशलले २ चौका र ३ छक्का प्रहार गरेका थिए ।