एजेन्सी : क्रिस्टियानो रोनाल्डो प्रेरित प्रिमियर लिग क्लब म्यान्चेस्टर युनाइटेड च्याम्पियन्स लिग फुटबलमा स्विस टिम योङ ब्वाइजसँग पराजित भएको छ ।
मंगलबार राति भएको खेलमा स्विस टोली योङ ब्वाइजसँग युनाइटेड २–१ गोल अन्तरले पराजित भएको हो ।
खेलमा १० खेलाडीमा सीमित युनाइटेडले स्वीजरल्यान्डको क्लबसँग २–१ गोलले पराजित भएको हो ।
खेलमा अग्रता भने युनाइटेडले बनाएको थियो । खेलको १३औँ मिनेटमा क्रिस्टियानो रोनाल्डोले गोल गर्दै प्रिमियर लिग क्लबलाई अग्रता दिलाएका थिए । खेलको ३५औँ मिनेटमा युनाइटेड १० खेलाडीमा सीमित भएको थियो । युनाइटेडका वान विसाखा रातो कार्ड खाँदै बाहिरिएका थिए ।
पहिलो हाफमा अग्रता बनाएको युनाइटेडले दोस्रो हाफमा अग्रता जोगाउन सफल भएन ।
योङ ब्वाइजका लागि खेलको ६६औँ मिनेटमा मोउमी नगमाउलेले गोल गर्दै टिमलाई बराबरीमा ल्याए । खेलको इन्ज्युरी समयमा योङ ब्वाइजका लागि थेसोन सिवाचुले गोल गर्दै टिमलाई २–१ गोलको जित दिलाए ।
जितसँगै समूह ‘एफ’मा रहेको योङ ब्वाइजले १ खेलबाट ३ अंक जोडेको छ । यता युनाइटेडले हारबाट लिगको सुरुवात गरेको छ ।