किसान भन्छन् : गण्डकीमा एकीकृत समाजवादी कमजोर छैन, म एक्लै भारी पर्नेछु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    किसान भन्छन् : गण्डकीमा एकीकृत समाजवादी कमजोर छैन, म एक्लै भारी पर्नेछु

    खबरपुञ्ज संवाददाता

    २ आश्विन २०७८, आईतवार

    पोखरा : नेकपा एकीकृत समाजवादीका नेता किसान श्रेष्ठले आफू एकमात्र भए पनि नेकपा एमालेलाई भार पर्ने बताएका छन् । गण्डकी प्रदेशबाट नेकपा एकीकृत समाजवादीमा प्रतिनिधित्व गर्ने उनी एकमात्र संघीय सांसद हुन् ।

    ‘गण्डकीमा माधव नेपाललाई कमजोर भनियो । उनीहरु (एमाले) १२/१३ जना छन्,’ पोखरामा आइतबार आयोजित विचार गोष्ठी तथा कार्यकर्ता भेलामा सांसद श्रेष्ठले भने, ‘प्रतिनिधि सभामा आफू एक्लो भए पनि म एक्लै भारी पर्नेछु ।’

    गण्डकीमा माधव पक्षलाई तत्कालीन समयमा कुनै टिकट नदिएकै कारण कमजोर हुन पुगेको उनले बताए । उनले अब भने गण्डकीबाटै नेकपा एकीकृत समाजवदीको विजयको बिगुल फुकिसकेकोसमेत दाबी गरे ।

    ‘गण्डकीका १८ वटा क्षेत्रमा एउटा पनि टिकट दिइएन । अनि माधव नेपाल कसरी बलियो हुन्छ ?’ उनले भने, ‘आजदेखि नेकपा एकीकृत समाजवादीले बिगुल फुक्यो, आजदेखि देखाइदिन्छौं हामी कमजोर हो कि के हो भनेर ?’

    आफू बीसौं वर्षदेखि ओली गुटमा रहे पनि गल्ती महसुस गर्दै माधव पक्षमा आएको उनको भनाइ थियो । ओलीले २ पटक संविधान विरोधी काम गर्दा पनि साथ दिएको बताउँदै उनले भने, ‘पछि गल्ती गरेको रहेछु भन्ने बुझें र शेरबहादुर देउवालाई विश्वासको मत दिएँ ।’