अग्रज र युवाको सेतु बन्न म्याग्देको सचिवमा गौरवको उम्मेदवारी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • म्याग्दे

    अग्रज र युवाको सेतु बन्न म्याग्देको सचिवमा गौरवको उम्मेदवारी

    खबरपुञ्ज संवाददाता

    ७ आश्विन २०७८, शुक्रबार

    दुलेगौँडा : नेपाली काँग्रेस म्याग्दे गाउँ समितिको सचिव पदमा युवा नेता गौरवराज रानाले उम्मेदवारी घोषणा गरेका छन् । काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत तनहुँमा शनिबार गाउँ तथा नगर अधिवेशन हुँदैछ ।

    युवा नेता रानाले पार्टीको अग्रज र नयाँ पुस्तालाई जोड्ने सेतु बन्न आफूले उम्मेदवारी दिएको बताउँछन् । उनी भन्छन्, ‘अग्रजले पार्टीमा गरेको योगदानलाई सम्मान गर्नुपर्छ । नेपाली कांग्रेस बुढाको पार्टी भन्न थालिएको छ । युवाहरुको आकर्षण छैन । अग्रजको सम्मान र युवा पुस्ताको आकर्षण बढाउन उम्मेदवारी दिएको हुँ ।’ उनले आफू निर्वाचित भएको खण्डमा सबै पक्षलाई समान तरिकाले समेटेर पार्टीलाई मजबुत बनाउन लागिपर्ने बताए ।

    गौरव स्वर्गीय नेता ताराराज राना र म्याग्दे गाउँपालिका अध्यक्ष मायादेवी रानाका छोरा हुन् । उनी बाल्यकालदेखि नै राजनीतिक वातावरणमा हुर्किए, पार्टीप्रति आस्थावान थिए । २०६४ सालदेख भने उनी नेपाल विद्यार्थी संघमा प्रवेश गर्दै कृयाशिल राजनीतिमा लागेका हुन् । नेपाली विद्यार्थी संघको दुई कार्यकाल जिल्ला सदस्य भएका उनी तरुण दलमा पनि सक्रिय छन् ।

    म्याग्देको सचिवमा रानासँगै सुन्दरमणी अधिकारी, श्रीभद्र आचार्य, राम घिमिरेले समेत आकाङ्क्षा देखाएका छन् ।