पीएसजी र सिटीको खेलको भ्यालु दुई हजार मिलियन युरो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    पीएसजी र सिटीको खेलको भ्यालु दुई हजार मिलियन युरो

    खबरपुञ्ज संवाददाता

    ११ आश्विन २०७८, मंगलवार

    एजेन्सी : च्याम्पियन्स लिग अन्तर्गत समुह चरणको खेलमा आजराति पेरिस सेन्ट जर्मेन र म्यानचेस्टर सिटी आमनेसामने हुँदैछन ।

    यो खेल विश्वकै महंगो खेल हुने भएको छ । दुबै टिमको खेललाई गोल्डेन क्लवविचको भिडन्त भनेर संकेत गरिएको छ । 

    आर्थिक रुपमा पनि दुबै क्लव ठुला र महंगा खेलाडीले भरिएको छ । दुबै टिममा शिर्ष खेलाडीका साथै दुबै टिमको बजार भाउमात्र दुई हजार मिलियन युरो रहेको छ ।

    म्यानचेस्टर सिटीको भ्यालु अहिलेको बजारमा एक हजार पाँच मिलियन युरो छ । यस्तै पीएसजीको भ्यालु नौ सय ९७ दशमलव २५ रहेको छ । 

    जसका कारण यो खेल दुई हजार मिलियन युरोको खेल हो । पीएसजीका स्ट्राइकरको भ्यालुपनि तीन सय ४० मिलियन युरो रहेको छ ।

    जसमा बजार मुल्यका आधारमा एम्बाप्पेको भ्यालु एक सय ६० मिलियन छ । नेयमारको एक सय मिलियन छ भने मेस्सीको ८० मिलियन छ । 

    यता सिटीबाट खेल्ने स्ट्राइकरमा केभिन डी ब्रुइनको एक सय मिलियन, रहिम स्ट्रलिङको ९० मिलियन र फिल फोडेनको ८० मिलियन छ ।