दमौली : तनहुँको व्यास नगरपालिका-१० निवासी कुसुण्डा परिवारलाई दशैंमा नयॉ कपडा प्रदान गरिएको छ । स्व. राजामामा कुसुण्डाका श्रीमती र छोरीलाई लायन्स क्लव अफ तनहुँ सत्यवतीले शुक्रबार लत्ताकपडा, खाद्यान्न सामग्री प्रदान गरेको हो ।
क्लवकी अध्यक्ष विमला श्रेष्ठको नेतृत्वमा पुगेको क्लवको टोलीले राजामामाकी श्रीमती इन्द्रमायालाई लत्ताकपडा र खाद्यान्न वितरण गरेको छ । साथै उनकी छोरी सीमान्त कुसुण्डालाई शैक्षिक सामग्री पनि वितरण गरिएको क्लवकी सदस्य बन्दना पुलामी मगरले जानकारी दिइन् ।