दमाैली : अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा दुई संस्थाले व्यास नगरपालिका–५ चापाघाटस्थित वेदव्यास ज्येष्ठ नागरिक आश्रमलाई आर्थिक सहयोग गरेको छ । इनरह्विल क्लव अफ दमौली र रोटरी क्लव अफ दमौलीले महिलाहरुले सञ्चालन गरेको आश्रमलाई शुक्रबार आर्थिक सहयोग गरेको हो ।
इनरह्विल क्लव अफ दमौलीले २१ हजार एक सय २१ र रोटरी क्लव अफ दमौलीले दश हजार एक सय ११ सहयोग गरेको छ । इनरह्विलकी अध्यक्ष मन्जु थापा र रोटरीका अध्यक्ष दिनेशकुमार श्रेष्ठले आश्रमकी कार्यवाहक अध्यक्ष शकुन्तला आलेलाई उक्त रकम प्रदान गरेका छन् ।
सामाजिक सेवाको भावनासहित स्थापना गरिएको ज्येष्ठ नागरिक आश्रम सञ्चालनका लागि टेवा पु¥याउन सहयोग गरिएको इनरह्विल क्लवकी अध्यक्ष थापाले बताइन् ।
यसैगरी रोटरी क्लवले आश्रममा रहेका ज्येष्ठ नागरिकलाई सम्मान समेत गरेको छ । आश्रममा रहेका ज्येष्ठ नागरिकलाई टोपी र पछ्यौरा ओढाएर सम्मान गरिएको क्लवका अध्यक्ष दिनेशकुमार श्रेष्ठले जानकारी दिए ।
यसैगरी युवा रेडक्रस सर्कल राष्ट्रिय चण्डदेवी माविले पनि दिवसकाे अवसर पारेर खाद्यान्न वितरण गरेकाे छ । सबैकाे सहयाेगले आश्रम सञ्चालनमा सहयाेग पुगेकाे सचिव निर्मला मल्लले बताइन् ।